
काठमाडौं । सरकारले उद्दार तथा राहतका लागि हटलाइनमा सम्पर्कमा आउन आग्रह गरेको छ ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २/३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ ।
बैठकले प्रकोपमा ज्यान गुमाउनेहरुका लागि कानुन अनुसार क्षतिपूर्ति दिने र घाइतेहरको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले समस्यामा रहेकाले उद्दार तथा राहतका लागि प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाली सेना, नेपाल प्रहरी, एपीएफको हटलाइन, गृहमन्त्रालयको हटलाइनमा सम्पर्क गर्न अपील गर्नुभएको छ ।
उद्दार तथा राहतका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । बैठकले सम्बन्धित मन्त्रालयलाई पनि तयारी अवस्थामा रहने भनेको छ ।





