हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

भारी वर्षाका कारण अहिले भइरहेको परीक्षा थोरै समयका लागि भएपनि स्थगित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो ।

बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरुद्ध सडक खुलाउने, राहत र उद्दारका सम्पूर्ण ध्यान केन्द्रीत गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने र अलपत्र यात्रुको तत्काल उद्दार गर्ने लगायतका निर्णय गरेको छ ।

Previous articleउद्दार तथा राहतका लागि हटलाइनमा सम्पर्क गर्न सरकारको अपील
Next articleगोपाल नीना फाउण्डेसनद्वारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here