प्यारालाईसिसका बिरामी कुर्मीलाई स्वयंसेवी युवाको सहयोग

नेपालगञ्ज । केही दिनदेखि बिरामी रहेका र हाल भेरी अस्पतालमा उपचाररत एक बृद्धलाई नेपालगञ्जका स्वयंसेवी युवाहरुले सहयोग गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ भुजई गाउँ निवासी बिरामी राम नरेश कुर्मीलाई स्वयंसेवी युवाहरु अस्पतालमै पुगेर मानवताको कार्य गरेका हुन् ।

६० वर्षीय कुर्मीलाई उपचारका लागि नेपालगञ्ज वडा नं-१८ का वडाअध्यक्ष दिपक कुमार बर्माले अस्पतालमा भर्ना गराउनुका साथै उहाँको उपचार खर्च व्यहोर्नु भएको छ ।

बृद्धको परिवारमा तीन छोरा बाहेक अरु कोही छैन्न । जसो तसो बृद्धले परिवार चलाइरहनुभएको थियो । बिरामी कुर्मीलाई प्यारालाईसिस भएको छ । उहाँको हाल आइसियूमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार उहाँको अवस्था गम्भीर छ । कुर्मीका तीन छोराहरुमध्ये एक छोरामा बौद्धिक अपांगताको समस्या छ भने अन्य दुईले पढेका छैनन् । जीवन गुजारा गर्न पाएको काम उनीहरु गर्छन ।

आवश्यकता भएकालाई सहयोग गर्नु नै असल मानवता हुने भन्दै महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्ज स्वतन्त्र बिद्यार्थी युनियनका सदस्यद्वय शुसिल बर्मा, चिरञ्जीवी बुढा र समृद्धी फाउण्डेशनका अध्यक्ष महेश चौधरी (माही) अस्पतालमै पुगेर ती बालकहरुका लागि कपडा, कम्बल तथा फलफुल सहयोग गर्नुभएको हो ।

‘जसले जे सक्छ, त्यो आवश्यकता भएकालाई दिएर सहयोग गर्नुपर्छ,’ सदस्य बर्माले समयपत्र डटकमसँग भन्नुभयो, ‘हामीले जे सक्यो सहयोग गरेका छौं, आज मंगलबार थप सहयोग दिने कुरा साथीहरुले गरेका छन्, सहयोग गर्न अन्यालाई पनि आग्रह गर्दछु ।’

Previous articleनेपाली लाेक संस्कृति प्रस्तुत गर्ने सहमतिपछि रमाइलो मेलामा नृत्य कार्यक्रम संचालन
Next articleलुम्बिनी प्रदेशमा १५ लाखबढीको बिमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here