नेपाली लाेक संस्कृति प्रस्तुत गर्ने सहमतिपछि रमाइलो मेलामा नृत्य कार्यक्रम संचालन

नेपालगञ्ज । नेपालगञ्जकाे बागेश्वरी मन्दिरस्थित चिल्ड्रेन पार्कमा संचालित रमाइलो मेलामा नेपाली लाेक संस्कृति झल्किने गरि नृत्य कार्यक्रम संचालन हुने सहमति भएकाे छ ।

मेलामा प्रस्तुुत हुँदै आएकाे साँस्कृतिक कार्यक्रम अमर्यादित भएकाे भन्दै चाैतर्फी आलाेचना भएपछि साे कार्यक्रम बन्द गरिएकाे थियाे । उक्त कार्यक्रमकाे सामाजिक संजालमा चर्काे आलोचना समेत भएकाे थियाे ।

दर्शक जुट्ने अन्य कार्यक्रमसँगै साँस्कृतिक कार्यक्रम भएकाले अबदेखि नेपाली लाेक साँस्कृतिक नृत्य प्रस्तुत गर्ने बिश्व हिन्दु युवा संघ र आयाेजकबीच सहमति भएकाे छ ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष साैभाग्य जंग शाहले मेलामा नेपाली लाेक संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम गर्ने सहमति भएकाे जानकारी दिनुभयाे । विगतमा भएकाे अशाेभनिय साँस्कृतिक प्रस्तुति नगर्ने आयाेजकले सहमति जनाएपछि शनिबारदेखि पुनः नृत्य कार्यक्रम शुरू भएकाे अध्यक्ष शाहले बताउनुभयाे ।

बागेश्वरी मन्दिर प्राँगण भएकाे र साँस्कृतिक कार्यक्रम अपाच्य र अशाेभनिय भएकाे भन्दै बन्द गरिएकाे थियाे । हिँजाेका दिनमा भएकाे जस्ताे कार्यक्रम नहुने गरि सम्झाैता भएकाे आयाेजक घरवारीटाेल युवा समितिका सचिव परमेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।

यही असाेज ६ गतेदेखि पार्कस्थलमा रमाईलाे मेला संचालन भएकाे छ । यस्तै पार्किङ स्थलमा बिहानदेखि साँझ ६ बजेसम्म निःशुल्क पार्किङकाे व्यवस्था समेत रहेकाे मेला व्यवस्थापनतर्फका भिम बहादुर खत्रीले बताउनुभयाे । मेलामा झुला, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, व्यवसायिक पसल, राेटे पिंङ्गलगायत रहेकाे छ ।

Previous articleडुडुवामा फुटबल प्रतियोगिता: लालीगुराँस र जि.प्र.का बिजयी
Next articleप्यारालाईसिसका बिरामी कुर्मीलाई स्वयंसेवी युवाको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here