राप्ती सोनारीमा खेल शिक्षकहरुका लागि प्रशिक्षण तालिम

राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाले खेल शिक्षकहरुका लागि सोमबारदेखि पाँच दिने प्रशिक्षण तालिम संचालन गरेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’को मुख्य नाराका साथ गाउँपालिकाका विद्यालयहरुमा कार्यरत खेल शिक्षकहरुलाई भलिबल, एथलेटिक्स, कवड्डी लगायतका खेलहरुका बारेमा प्रशिक्षण दिन पाँच दिने तालिम संचालन गरिएको हो ।

तालिमको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उदघाटन गर्नुभएको थियो । राप्ती सोनारी खेलकुद विकास समिति, राप्ती सोनारी गाउँपालिकाको आयोजनामा शुरु भएको तालिमको उद्घाटनमा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले शिक्षकहरुलाई साधान श्रोतमा सम्पन्न बनाउने बताउनुभयो ।

अध्यक्ष पौडेलले क्षमता अभिबृद्धिको सवालमा शिक्षकहरुले सक्रियताका जोड दिन आग्रह गर्नुभयो । सो क्रममा वडा नं-८ का वडाअध्यक्ष सालिकराम डाँगीले खेलकुदमार्फत विद्यार्थीलाई विद्यालयतर्फ आकार्षित गर्न सकिने भएकाले यस विषयमा दक्ष बन्न आवश्यक रहेको बताउनुभएको थियो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले गाउँपालिकामार्फत शिक्षा शाखाले यसवर्ष शैक्षिक उपलब्धीलाई गुणस्तरीय बनाउन आवश्यक कार्यक्रमहरु तयार गरेको जानकारी गराउँदै शिक्षकहरुको क्षमता विकास नै शैक्षिक उपलब्धी बढाउने एक माध्यम भएको बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिका खेलकुदको उर्वरभूमिका रुपमा रहेका र शिक्षकहरुले खेलकुदको आधारभूत कुराहरु सिकेको अवस्थामा विद्यार्थीहरुमा खेलकुदको क्षमता बढाउन प्रेरित गर्न सकिने खेलकुद विकास, समितिका संयोजक तथा तालिम उद्घाटन शत्रका सभापति तेजबहादुर सुवेदीलेको भनाई थियो ।

तालिममा पालिकाका सबै तहका विद्यालयका खेल शिक्षकहरुको सहभागिता रहेको छ । जसमा २ वटा निजी विद्यालयका शिक्षकहरुसमेत गरी २८ जना सहभागि छन् । सहभागिहरुलाई प्रशिक्षकहरु एथलेटिक्सका प्रमुख प्रशिक्षक धन्द्र बहादुर गुरुङ्ग, भलिबलतर्फ प्रकाश शर्मा, कवड्डीतर्फ जनार्दन खत्री र तेक्वान्दोतर्फ जंगदिप चौधरीले प्रशिक्षण दिनुहुने छ ।

राप्ती सोनारी गाउँपालिका वडा नं-८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीमा सो तालिम संचालन गरिएको छ । यसपटकको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पनि यही विद्यालयमा हुने भएकाले तालिममार्फत फिल्ड अध्ययन तथा खेलका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous articleअपाङ्गमैत्री बनाउन उपमहानगर कार्यालयमा लिफ्ट निर्माण
Next articleबृहत विद्यालय सुरक्षा न्युनतम प्याकेज विषयक शिक्षकलाई अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here