१७ वटा माध्यमिक बिद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका १७ वटा बिद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोरोना महामारीको कहरकै बिच लामो समयपछि बिद्यालय खुलेकाले सर्तकता अपनाउन सहज बनाउन स्वाथ्य सामाग्री सहयोग प्रदान गरिएको हो ।

कोरोना महामारीको जोखिम अझै पनि धेरै रहेको अवस्थामा बिद्यालय खुलेको र जति बेला पनि जो कसैलाई संक्रमण देखिने सक्ने भएको हुँदा आवश्यक सर्तकता अपनाउनमा सहयोग पुरयाउन गेरुवा ग्रामीण जागरण संघ बर्दियाले बिद्यालयहरुमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

एस एन भी नेपालको आर्थिक एव प्राबिधिक सहयोगमा नेपलगञ्ज उपमहानगरपालिकामा संचालित स्वास्थ्य बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना अन्तर्गत माध्यमिक बिद्यालयहरुमा सहयोग गरिएको परियोजनाका कार्यक्रम अधिकृत अब्दुल गफ्फार अलि शेषले जानकारी दिनुभयो ।

सामुदायिक बिद्यालयलाई संचालनका क्रममा यस्ता जोखिमबाट जोखिनका लागि परियोजनामार्फत स्वास्थ्य सामाग्री दिइएको उहाँले बताउनुभयो । यसका साथै नेपालगञ्ज उपमहानगरपालिका यस परियोजना अन्तर्गत स्वास्थ्य एवं सरसफाईको बिषयमा सर्वसधारणलाई जनचेतना तथा सर्तकता अपनाउने सक्रिय बनाउनका लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Previous articleसेवा प्रदायक र सेवाग्राहीबीच समिक्षा
Next articleजिल्ला स्तरिय बद्विचालमा आयुष र आकृति च्याम्पियन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here