जिल्ला स्तरिय बद्विचालमा आयुष र आकृति च्याम्पियन

नेपालगन्ज । प्रथम बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियाेगितामा आयुष खत्री च्याम्पियन हुनुभएको छ ।

शनिबार नेपालगन्जमा भएकाे प्रतियोगितामा खत्री खुल्लातर्फ ५ अंकका साथ जिल्ला च्याम्पियन बन्नुभएकाे हाे ।

यस्तै केशर वली ४ अंकका साथ दाेश्राे, अनुपजंग शाह समान ४ अंक तेश्राे, दिपेश शाही चाैथाे र गाैरव पाैडेलले पाँचाै स्थान हासिल गर्नुभएकाे छ ।

त्यसै गरि महिलातर्फ आकृति बाेहरा प्रथम च्याम्पियन बन्नुभएकाे छ । यस्तै प्रतियोगितामा ज्याेती शर्मा दाेश्राे हुन सफल हुनुभएको छ भने विद्यार्थीतर्फ कृषु चाैधरी प्रथम तथा टेकराज कडेंल दाेश्राे हुनुभएकाे छ ।

जुनियर रेडक्रस सर्कल, नेपालगंज माेडेल एकेडेमीका अध्यक्ष सजना ज्ञवालीकाे सभापित्वमा भएकाे प्रतियोगितामा बाँके जिल्ला बुद्धिचाल संघका अध्यक्ष करिश्मा कुमारी याेगीकाे उपस्थिति रहेकाे थियाे ।

प्रतियाेगितामा ५ राउण्ड र २५ जना खेलाडीहरु सहभागी थिए । प्रतियाेगिताकाे उदघाटनमा विशिष्ट अतिथि तथा प्रतिस्पर्धी खेलाडी समेत रहनु भएका डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजनल अधिकृत राजु क्षेत्रीले शुभकामना मन्तव्य दिदैं आफुले समेत दुई दशक अघि चेस प्रतियाेगितामा सहभागी भएकाे अनुभव साट्दै फेरि पनि प्रतियाेगितामा सहभागी हुन पाएकाेमा खुसी लागेकाे र बाँकेमा हुने चेस गतिविधिहरुमा आफ्नाे साथ रहने प्रतिवद्धता जाहेर गर्नु भएकाे छ ।

त्यसै गरि अर्का विशिष्ट अतिथी जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गाेविन्द प्रसाद पाण्डेले केही समयअघि देखि अाफुले समेत चेस सिक्दै आएकाे र बाँके जिल्ला बुद्धिचाल संघले जिल्लामा चेस खेलकाे विकासमा ठूलाे याेगदान पुर्याउदै आएकाेमा धन्यवाद व्यक्त गर्दै बाँके जिल्ला बुद्धिचाल संघकाे गतिविधीहरुमा सदैव आफ्नाे नैतिक, भाैतिक समर्थन रहने उल्लेख गर्नु भयाे ।

साथै संघले चाहेकाे खण्डमा जुनसुकै बखत १६ घण्टा भित्रै कुनै पनि तहकाे प्रतयाेगिता गर्न सक्षम रहेकाे र आगामी हप्ता पुनः तिब्र रुपमा थप चेस प्रतियाेगिताहरु हुने संघका सदस्य मदन वलीले जानकारी दिनु भयाे ।

Previous article१७ वटा माध्यमिक बिद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग
Next articleनेविसंघ बर्दियाद्वारा सिटि जुलुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here