नेपालगञ्जमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

नेपालगन्ज । बाँकेमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कटिलिया मोडमा भे १ त ७६२२ नम्बरको ट्याक्टर पल्टिँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय बाबुराम कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा रहेको धान लिन गएको बेला तीब्र गतिका कारण ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको हो । मृतक बाबुरामनेपालगञ्ज वडा न-१९ का वडा अध्यक्ष प्रशुराम कुर्मीका छोरा हुनुहुन्छ ।

Previous articleबैजनाथमा थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता हुँदै
Next articleबाँकेसहित देशभर मनाइयाे छठ, उदाउँदो सुर्यलाई अर्घ अर्पण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here