बाँकेसहित देशभर मनाइयाे छठ, उदाउँदो सुर्यलाई अर्घ अर्पण

नेपालगञ्ज । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज बिहान देशभरिका जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।

व्रतालुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए । भजनकिर्तनसहित रातभर जाग्राम बसेका व्रतालुले आज बिहानै पूजा सामग्री र प्रसादसहित उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।

सूर्यको उपासनासहित विधिपूर्वक छठ पर्व मनाउँदा पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यही विश्वासका साथ सूर्यलाई अर्घ अर्पूण गर्ने श्रद्धालुको पोखरी, नदी, तलाउ लगायतका जलासयमा भीड लागेको थियो ।

छठ मनाउन बाँकेकाे नेपालगञ्जस्थित बागेश्वरी मन्दिर, डुडुवा गाउँपालिकाकाे बल्दिसिंहपुर्वा, फुल्टेक्रा लगायतका स्थानमा भक्तजन तथा व्रतालुहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

छठ पूजाका सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिला पहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय तराईका विभिन्न जिल्लासँगै पहाडी जिल्लाका बासिन्दाले समेत मनाउन थालेका छन् ।

Previous articleनेपालगञ्जमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
Next articleसुर्खेतमा गाडी दुर्घटना : तीन जनाको मृत्यु, २४ बढी घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here