गाैघाट ग्रीन रनकाे उपाधी विजय र विनिसालाई

नेपालगञ्ज । पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयाेजित गाैघाट ग्रीन रन राेड रेसमा जनता नमूना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जित्नुभएको छ ।

शनिबार बिहान गाैघाटमा भएको दाैडमा छात्रतर्फ ज्ञानाेदय नमूना माविकका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय हुनुभएको छ । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दाेस्राे र जनताकै ऋतु बिष्ट तृतीय हुनुभएको हाे ।

धारा नेपालगन्ज म्याराथनकाे दशक यात्राका अवसरमा आयाेजित ‘दस बर्षमा दस इभेन्ट’ अन्तर्गत खजुराकाे गाैघाटमा ग्रीन रन आयाेजना गरिएको हाे । दाैडमा पहिलो, दाेस्राे र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई नगद पाँच हजार, तीन हजार र दुई हजार, ट्रफीले पुरस्कृत गरिएकाे छ ।

लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, समाजसेवी कृष्णमान श्रेष्ठ, वडा सदस्य लक्ष्य बहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।

जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको विश्वव्यापी संकटका बारेमा विद्यार्थीलाई दाैडमार्फत जागरण फैलाउन दाैड आयाेजना गरिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिनुभयाे ।

‘फिल द ग्रिन इन यु’ नारा सहित भएको ग्रीन रनकाे उदघाटन गर्दै प्रदेश सभा सदस्य रत्न खत्रीले विद्यार्थीमाझ जान ग्रीन रन रचनात्मक कार्य भएको बताउँदै प्रदेश खेलकुद परिषद्ले फरक खालकाे दाैड प्रतियोगितालाई बार्षिक क्यालेन्डरमा समावेश गरि निरन्तरताकाे आधार तयार गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

नेपालगन्ज म्याराथनकाे दस बर्षमा दस इभेन्ट अन्तर्गत असाेज ३ गते नेपालमा पहिलोपटक रात्री दाैड नेपालगन्ज १० के, राप्तीसाेनारी रन आयाेजना गरिसकेको छ ।

Previous articleराष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट
Next articleकार्तिक २९ गते नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here