डिजल र मट्टीतेलको मूल्य बढ्यो

नेपालगञ्ज । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ ।

शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ ।

यस्तै सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

तर, पेट्रोलको मूल्‍य भने बढाइएको छैन।

Previous articleदलितका समस्या समाधानका लागि राजनीतिक शक्ति आवश्यक
Next articleठाउँ ठाउँमा फोहोरको डंगुर, उपमहानगर उदासीन, भएको कार्य चर्चा बटुल्न मात्र : सर्वसाधारण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here