
नेपालगञ्ज । श्री १००८ हडिया बाबा आश्रममा साधु, सन्त, भक्तजन तथा सर्वसाधारणहरूका लागि आयोजना गरिएको स्वास्थ्य शिविरमार्फत ५ सय २५ जनालाई सेवा प्रदान गरिएको छ ।
गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनले आश्रममा प्रत्येक वर्ष मेला लागेको अवसरमा यस संचालन गरेको निःशुल्क निःशुल्क आँखा तथा कान शिविरमार्फत ५ सय २५ जना बिरामीहरु सेवा प्रदान गरेको हो ।
शिविरमा स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधीसमेत वितरण गरिएको छ । फत्तेबाल आँखा अस्पताल, ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र फुल्टेक्राको सहकार्यमा सो शिविर संचालन गरिएको थियो ।
शिविरमा ३ सय ८० जनाको आँखा जाँच गरिएकोमा १९ जनालाई आँखा अस्पतालमा रिफर गरिएको छ । यस्तै १ सय ४५ जनाको कान जाँच गरिएकोमा १० जनालाई ब्रिनोजमा रिफर गरिएको फाउण्डेसनका कोषाध्यक्ष बिजय कोरीले दिनुभयो ।
शिविरमा आँखातर्फ अस्पतालका छन्छुलाल चौधरी, निशा गौतम, उमेर अहमद सादिक लगायतले सहयोग गर्नुभएको थियो भने ब्रिनोजका भिसन चौधरी, दामोदर चौधरी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।





