मंगल प्रसाद माबिका विद्यार्थीले हेरे पुर्ण बहादुरको सारङ्गी

नेपालगञ्ज । नेपालगञ्जस्थित मंगल पसाद माध्यमिकका विद्यार्थीहरुले सामुहिकरुपमा नेपाली कथानक चलचित्र पुर्ण बहादुरको सारङ्गी हेरेका छन् ।

विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ताको नेतृत्वमा शनिबार बागेश्वरी क्यूएफएक्स सिनेमा हलमा पुगेर विद्यार्थीहरुले सो चलचित्र चलचित्र हेरेका हुन् ।

सामुदायिक विद्यालयका बालबालिकाहरुलाई व्यवहारिक ज्ञान प्रदान हुने हेतुले चलचित्र देखाउन विद्यार्थीहरुलाई लगिएको विद्यालयका खेल शिक्षक इन्द्रसिंह डाँगीले जानकारी दिनुभयो ।

सम्भवत सामुदायिक विद्यालयले आफ्ना विद्यार्थी हलमा यो चलचित्र देखाउन लिएर गाएको पहिको घटना हो ।

यो चलचित्रले एउटा बुबा मुली हुँदा परिवारको जिम्मेवारी निर्वाह गर्ने अवस्था, परिस्थिति र एउटा बालकलाई डाक्टर बनाउनका लागि गरेको संघर्ष दर्शाएको छ ।

सामाजिक संस्कृति, कुरिती जस्ता विषयबस्तु सम्मिलित चलचित्रले हालसम्म करिब ३६ करोड बढी कमाइसकेको छ ।

Previous article५२ वटा विपन्न परिवारलाई घर बनाइदिँदै
Next articleआश्रममा संचालित शिविरमार्फत ५२५ जनालाई स्वास्थ्य सेवा प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here