
नेपालगञ्ज । नेपालगञ्जस्थित मंगल प्रसाद माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई प्रसिद्ध बागेश्वरी मन्दिरको अवलोकन भ्रमण गराएको छ ।
अध्ययनरत विद्यार्थीहरुलाई मन्दिरको बारेमा बुझउन शुक्रबार स्थलगत शैक्षिक अवलोकन गराएको हो ।
स्थानीय विषयबस्तु अन्तर्गत विद्यार्थीहरुलाई मन्दिरको स्थलगत अवलोकन गराएको शिक्षक इन्द्रसिंह डाँगीले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा विद्यार्थीहरुले मन्दिरका विभिन्न मुर्ति तथा बस्तुका बारेमा महन्त र पुजारीहरुसँग कुराकानी गरेका थिए । अवलोकन पश्चात विद्यार्थीहरुलाई प्रतिवेदन तयार गर्न दिइएको छ ।
यसले विद्यार्थीहरुमा खोज अनुसन्धान तथा स्थलगत अवलोकनले बालबालिकाहरुको दिगो बुझाईको विकासमा सहयोग पुग्ने शिक्षक डाँगीले बताउनुभयो ।






