
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझी उत्कृष्ठ प्रहरी घोषित हुनुभएको छ । संगठनको जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरिएको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उत्कृष्ठ प्रहरी अधिकारीका रुपमा घोषणा गरेको छ ।
निरीक्षक रायमाझीले संगठनको जिम्मेवारीलाई सरल र प्रभावकारीरुपमा निभाउँदै प्रदिय दायित्वलाई इमान्दारी, कर्तब्यनिष्ठ एवं प्रशंसनिय ढंगबाट कार्य सम्पादनलाई अब्बल बनाएकाले उत्कृष्ठ प्रदेश प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
प्रदेश प्रहरी कार्यालयलले निरीक्षक रायमाझीलाई मंसिर १६ गते उत्कष्ठ घोषणा गरेको हो । रायमाझी कार्तिक महिनाको उत्कृष्ठ प्रहरी बनेर संगठनको गरिमा कायम राख्न सफल बन्नुभएको छ । २०८१ सालको कार्तिक महिनामा जबरजस्ती करणी मुद्दामा संलग्न दुई जनालाई पक्राउ गर्न सफल हुनुभएको छ ।
यस्तै कसैलाई जानकारी नदिई भारतको सिक्किममा लगेर होटेलमा काममा लगाई श्रम शोषण गराउने कार्यमा संलग्न सिद्धश्रम बाबा भनेर चिनिने कुमार भट्टराईलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन र पीडित महिलाको उद्दार कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्नुभएको थियो ।
निरीक्षक रायमाझी केही समयअघि इलाका प्रहरी कार्यालय भगवानपुरको प्रमुखको जिम्मेवारीमा रहँदा चोरी शिकारी नियन्त्रण, अबैध सामानको तस्करी नियन्त्रण गर्दै सामाजिक कार्यमा उत्कृष्ठ भूमिका निर्वाह गर्नुभएको थियो ।





