उमेर हद पूरा गरेका नेपालगञ्जमा तीन स्वास्थ्य स्वयंसेविकाकाे बिदाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले उमेर हद पूरा गरेका तीन सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई ससम्मान बिदाई गरेकाे छ ।

राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा बिहीबार नेपालगञ्ज उपमहानगरले ६० वर्ष उमेर हद पूरा गरेका स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित ससम्मान बिदाई गरेकाे हाे ।

यसरी ६० वर्ष पूरा गरेर नेपालगञ्ज-९ का मिना कुमारी विश्वकर्मा, वडा नं.-१० का बिना थपा र वडा नं.- सरस्वती बृजवासी बिदा हुनुभएको छ । साे क्रममा बाेल्दै स्वास्थ्य स्वयंसेविका थापाले आफुलाई

नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सुधारकाे मुख्य खुडकिलाे भएकाले समाजमा उहाँहरूकाे भूमिका अमुल्य रहेकाे भन्दै प्रशंसाा गर्नुभयाे । उहाँले नेपालगञ्ज उपमहानगर स्वास्थ्य स्वयंसेविकाकाे बृति विकासका लागि सदैव सकारात्मक रहेकाे बताउनुभयाे ।

स्वयंसेविका दिदीबहिनीहरूकाे श्रम अमुल्य छ । नगर प्रमुख विष्टले भन्नुभयाे, मेहनत अनुसार राज्यले दिन नसकेपनि समाजका लागि उहाँहरूले पुर्‍याएकाे याेगदानप्रति उच्च सम्मान छ ।

उपमहानगरले उहाँहरूकाे वृति विकासका लागि अघिल्लो वर्षभन्दा याे वर्ष अलि बढी बजेट विनियोजन गरिएकाेसमेत स्पष्ट पार्नुभयाे । उहाँले स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयाे ।

६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाले विदाई भएसंगै संघीय सरकारको तर्फबाट ५० हजार, नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट ५० हजार र प्रदेश सरकारबाट २० हजार गरी १ लाख २० हजार रुपैयाँ पाउँछन् ।

सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ नेपालगञ्जकी अध्यक्ष मनकुमारी सिलवालको अध्यक्षतामा नगरमा कार्यरत सबै स्वयंसेविकालाई पनि सम्मान गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा १९२ जना स्वयंसेविका कार्यरत छन् ।

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले मातृ मृत्युदर रोक्न महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयाे । उहाँले अहिलेसम्मको भूमिकाको सराहना गर्दै सेवाभावका साथ मानव सेवामा जुट्न आग्रह गर्नुभयाे ।

यस्तै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका अधिकृत धनराज शाही, वडा नम्बर-२० का वडा अध्यक्ष कौशल कुमार धोबी, कार्यपालिका सदस्य संगिता रेग्मी, प्रहरी निरीक्षक शिवा थापा लगायतले समुदायमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाबारे चर्चा गर्नुुभएकाे थियाे ।

कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन सुष्मा चौधरी तथा स्वागत मन्तव्य आइला बोहराले व्यक्त गर्नुभएकाे थियाे । सभाअघि प्रभातफेरि निकालिएको थियो । बाँकेमा ७८५ जना स्वयंसेविका रहेका छन् ।

Previous articleरोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना
Next articleउपमहानगरपालिकामार्फत प्रदान हुने सेवा शुक्रबार रोकिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here