उपमहानगरपालिकामार्फत प्रदान हुने सेवा शुक्रबार रोकिने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामार्फत प्रदान हुने सेवा शुक्रबार रोकिने भएको छ ।

उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधनको शोकमा यही मंसिर २१ गते शुक्रबार एक दिन शोक बिदा दिइएको छ ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नेपालगञ्जका २३ वटै वडाबाट प्रदान हुने सेवा शुक्रबार बन्द गरिने जनाएको छ ।

उपमहानगरपालिकाको वातावरण तथा सरसफाई शाखामा कार्यरत रामरती बाल्मिकीको निधन भएकाे हाे ।

उपमहानगरले बाल्मिकीकाे निधनप्रति दु:ख व्यक्त गर्दै मृतआत्माकाे चीर शान्तिकाे कामनासहित समवेदना प्रकट गरेकाे छ ।

Previous articleउमेर हद पूरा गरेका नेपालगञ्जमा तीन स्वास्थ्य स्वयंसेविकाकाे बिदाई
Next articleक्यालिफोर्नियामा ७ म्याग्नेच्युडको भूकम्प

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here