बारबर्दिया वडा नं-२ बाल विवाहमुक्त घोषणा

बारबर्दिया । बर्दियामा सञ्चालन संचालन भएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं-२ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणीय बिशिष्टता समुह (बि ग्रुप) बाँके र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियाको अथक प्रयास र संयुक्त सहकार्यबाट शनिबार औपचारिक रुपमा बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।

बारबर्दिया नगरपालिका वडा नं-२ का वडा अध्यक्ष रामफेन थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सेनाले बर्दियालाई बाल विवाहमुक्त जिल्ला बनाउन सबैले लाग्नु पर्ने बताउनुभयो ।

उहाँले यसका लागि लुम्बिनी प्रदेशले बिभिन्न खालका कार्ययोजना बनाएको बताउँदै बिद्यालयको गुणस्तरीय शिक्षामार्फत मात्र सम्भव हुने बताउनुभयो । यस अभियानमा हातेमालो गर्ने प्लान इन्टरनेशनल नेपाल तथा यसका साझेदार संस्थालाई मन्त्री तिमल्सेनाले धन्यवाद पनि दिनुभयो ।

यस्तै बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्ना कुमारी पाण्डे, प्लान नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुली, बि ग्रुप बाँकेका कार्यकारी निर्देशक डम्मर सुनारलगायतले पनि बारबर्दियालाई बाल विवाहमुक्त घोषणा गर्ने अभियानलाई प्रभावकारीरुपमा संचालन गरिएको बताउनुभयो ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

करिब ८०० सय बढी सर्वसाधारण सहभागि सो कार्यक्रमको विशेष आकर्षण मोडल दिपा भण्डारीको लाइभ प्रस्तुति रहेको थियो । जसमा उहाँको नृत्यले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो । सहभागिहरुले अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आनन्द लिएका थिए ।

बारबर्दिया नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिकक शाखाकी महिला विकास निरीक्षक लक्ष्मी पौडेल र प्लान नेपालकी क्षेत्रीय प्रबन्धक पराजुलीले बाल विवाहमुक्त घोषणाका लागि गरिएको सामूहिक प्रयासका बारेमा बिस्तृत रुपमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा यस अभियानमा सक्रिय सहभागिता जनाउनेलाई सम्मान गर्नुका साथै सो ऐतिहासिक घोषणाले बारबर्दिया नगरपालिकाको बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण र प्रतिबद्धता प्रष्ट गरेको छ ।

Previous articleमाग पुरा नगरिए प्रदेश, केन्द्र घेराउ गर्ने संघर्ष समितिको चेतावनी
Next articleगहुँ छर्ने सिजनमा बाँकेमा डिएपी मलको अभाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here