भेरी सहकारीको २९ औं प्रतिनिधिमुलक वार्षिक साधारण सभा सम्पन्न

नेपालगञ्ज । भेरी सहकारी वित्तिय संस्था लिमिटेडको २९ औं प्रतिनिधिमुलक वार्षिक साधारण सभा निर्णय एकिकरण एवम् साधारण सभा सम्पन्न भएको छ ।

भेरी सहकारी वित्तीय संघ लिमिटेडका अध्यक्ष विष्णु प्रसाद मैनालीको अध्यक्षतामा भएको साधारण सभा सम्पन्न भएको हो । सधारणसभामा अध्यक्ष मैनालीले व्यक्तिगत फाइदा र व्यक्तिगत अपचलनले सहकारीलाई बिर्गाने काम गरेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको निवर्तमान उपमेयर उमा थापाले भेरी सहकारीले बाँकेमा उदाहरणीय काम गरेर सेयर सदस्यको विश्वास जित्ने काम गरेको बताउनुभयो । ४ हजार सेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ६० लाख ९९ हजार रुपैयाँ नाफामा रहेको देखिएको छ ।

सभामा सचिव अन्जु शर्माले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को अनुमानित बजेट तथा भावि कार्यक्रम, कोषाध्यक्ष ज्ञान बहादुर ओलीले आर्थिक वर्ष २०८०/०८१ को विवरण प्रस्तुत गर्नु भएको थियो ।

सो प्रतिवेदन अनुसार सहकारीको सेयर पुँजी २ करोड ८३ लाख २७ हजार, निक्षेप १६ करोड ८१ लाख ४४ हजार छ भने सहकारीले २९ करोड ७८ लाख ७ हजार रुपैयाँ कर्जा लगानीमा खर्च गरेको छ ।

यस्तै साधारणसभामा जेष्ठ नागरिक जोडी-२०८१ को रुपमा कृष्ण राज उपाध्याय र राधा देवी गौतम, नियमित वचतकर्ताको रुपमा लक्ष्मी सिजापती र जीवलाल चौधरी, असल ऋणीको रुपमा सर्केनी सुनार र गोपाल खत्रीलाई सम्मान गरिएको छ ।

सम्मानित सम्पुर्णले जनही ३ हजार १ सय रुपैयाँ प्राप्त गरेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको व्यवस्थापक शोभा गुरुङले जानकारी दिनुभयो । नेपालगञ्जमा सहकारीको मुख्य कार्यालय रहेको छ भने कोहलपुरमा सेवा कार्यालय रहेको छ ।

Previous articleजानकी ३ का २९६ जनाको निःशुल्क आँखाको परीक्षण
Next articleजानकीमा सातौं राष्ट्रपति रनिङ शिल्ड सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here