जमिनबाट सुन निकालिदिने भन्दै ठगी गर्ने एक भारतीय नागरिक पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले जमिन मुनिबाट सुन निकालिदिने भनेर करोडौं ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सुन निकालिदिने भन्दै पटक-पटक गरी दुई करोड ठगी गर्ने भारतको बलरामपुरस्थित सिंहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई पुष ५ गते प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा-१९ मोहनपुर ईटाभट्टा नजिकैको जमिनबाट सुन निकाली दिन्छु भनेर स्थानीय नसिर अहमद बेहनाबाट पटक-पटक गरी दुई करोड हलवाईले ठगी गरेका छन् ।

हलवाईलाई नेपालगञ्ज वडा नं-४ स्थित बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक आयूश प्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार हलवाईलाई चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ परेका हलवाईबाट १ हजार ४९ वटा पहेंलो सिक्का, ३ वटा माटोको घैंटो, ३ वटा पितलको घैंटो, धातुले बनेको १ वटा चेन, धातुले बनेको १ वटा गणेशको मूर्ती, विभिन्न आकार प्रकारका ६ सय बढी पत्थर, ३ वटा धातुले बनेको डिब्बा, ताविजसहित १ वटा डिब्बा, उर्दु अक्षरमा लेखिएको किताब १ वटा, भारतीय नम्बरको कार र नेपाल तथा भारतीय बैंकका चेक तथा भौजरहरु बरामद भएको प्रहरीले जनाएको छ ।

Previous articleहोलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको परीक्षण
Next articleअब न्यूरोडमा आकर्षक गहनाको साथमा न्यू पोखरा सुनचाँदी पसल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here