अब न्यूरोडमा आकर्षक गहनाको साथमा न्यू पोखरा सुनचाँदी पसल

नेपालगञ्ज । आकर्षक डिजाइनको गहनाका लागि नेपालगञ्जको न्यूरोडमा न्यू पोखरा सुनचाँदी पसल खुलेको छ ।

विभिन्न डिजाइनहरुको गहनाहरु उपलब्ध हुने पसलका संचालक इश्वर खड्काले जानकारी दिनुभयो ।

वैवाहिक वर्षगाँठको १९ वर्ष पुगेको अवसरमा न्यूरोडमा सो पसल संचालनमा ल्याइएको संचालक खडकाले बताउनुभयो ।

घरवारीटोलमा सानो पसलबाट शुरु भएको सुनचाँदीको गहना निर्माण कार्य हाल आएर न्यूरोडमा एउटा आउटलेटका रुपमा देखिएको छ ।

लामो समयदेखिको सोंचका साथ आकर्षक तथा सेवाग्राहीलाई कुनै प्रकारको घाटा नहुने गरी गहनाहरु उपलब्ध गराइएने संचालक खडकाको भनाई छ ।

‘हामीले गुणस्तरीय र भरपर्दो सामान उपलब्ध गराउने छौ ।,’ संचालक खडाकाले भन्नुभयो, ‘गहना किनेपछि फिर्ता गर्दा वा अन्य कुनै ठाउँमा जाँच गर्दा पनि दिएकै तौलमा हुने र एक्सचेन्ज गर्दा पनि आकार्षक मुल्य हामी दिने छौं ।’

Previous articleजमिनबाट सुन निकालिदिने भन्दै ठगी गर्ने एक भारतीय नागरिक पक्राउ
Next articleपहिलोपटक कम्मर शाह मेलाको खर्च सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here