
मानपुर । बाँकेको जानकी गाउँपालिकामा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगितामा ब्राइट स्टार इंग्लिश मिडियम स्कुल प्रथम भएको छ ।
प्रतियोगितामा जानकी मावि खजुराखुर्द दोस्रो र शिवपुरी मावि तेस्रो भएका छन् ।
पुस ७ गते आइतबारदेखि सुरु भएको प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले प्रतियोगितामा उत्कृष्ट भएका विद्यालयलाई बधाई दिनुभयो ।
विवादका करण एक दिन समापनमा ढिलाई भएपनि छलफलबाट निकास निकालिएको भन्दै अध्यक्ष खाँले आउने बर्षमा विद्यालयभन्दा बाहिरका बालबालिकालाई प्रतियोगितामा सहभागि गराइएको पाइए शिक्षा ऐन अनुसार कडा कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।
कार्यक्रम समापनमा उपाध्यक्ष रामप्यारी यादव, प्रवक्ता टिकानाथ यादव, सामािजक विकास समितिका संयोजक राम आचल धोवी, संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरुले समेत आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार कुर्मी, वडा सदस्स्यहरु, कार्यपालिका सदस्यहरु, शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डरी, झुमी कुमारी वली शिक्षक लगायतको उपस्थिति रहेको थियो ।





