
नेपालगञ्ज । ठुला सपना, उदास अनुहार काखमा सानो दुधे बालक च्यापेर म्यानपावरको दैलोमा अनेकन सपना बोकेर उडान भर्न नेपालिको कथामा चलचित्र निर्माण हुने भएको छ ।
´विदेश जा` नामाकरण गरिएको यो चलचित्रले समग्र स्वदेशबाट बिदेश जान लागेका युवाहरुले देशभित्रै भोगेका वेथामा चलचित्र निर्माण हुनेछ । अनिल बिडिआरको निर्देशनमा बन्न लागेको ‘विदेश जा’ चलचित्रले समग्र स्वदेशबाट बिदेश जान लागेका युवाहरुको कथा बेथा चित्रण गर्ने छ ।
अनिल विडिआरकै कथा रहेको यस चलचित्रमा नारायण बि.क, सबनम चौधरी, सागर सिलवाल, चन्द्रकुमारी खड्का, कृष्ण श्रेष्ठ, वसन्त श्रेष्ठ, मोहन श्रेष्, बिमला लिम्बू, रेखा महर्जन, सन्तोष लिम्बू, सुजाता राई, रोशिका कार्की, एल्जन कटुवल, एलन कटुवाल, श्यामकाजी श्रेष्ठ, नारान तामाङ, रमेश भुजेल लगायतका कलाकारको अभिनय रहनेछ भने बाँकी कलाकारहरुको छनोट हुने प्रक्रियामा छ |
कविता चौधरी र भीमप्रकाश बुढामगरको संयुक्त लगानी रहेको यस चलचित्रको कार्यकारी निर्माता सवनम चौधरी हुन । ´विदेश जा’ नामक चलचित्रमा सतिश विक्रम र सुरेन्द्र कुमार शाहीको संगीत रहेको छ । चलचित्रको केही गीत रेकर्ड भईसकेका छन ।
नयाँ बर्षको छेउछाउ पारेर चलचित्र छायांकन गर्ने तयारी रहेको चलचित्र निर्देशक अनिल बिडिआरले जानकारी दिए । हिन्दी चलचित्र `सामबहादुर´मा अभिनय गरिसकेका नारायण विश्वकर्माले यो भन्दाअघि नेपाली चलचित्र सेल्फी किङ, रकम लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।





