सिम्हा मा.बि बेलभारमा नयाँ शौचालय भवन निर्माण शुरु

बारबर्दिया । जिल्लाको बारबर्दिया नगरपालिका वडा नं ११ स्थित सिम्हा माध्यमिक बिद्यालय, बेलभारमा पाँच कोठे नयाँ शौचालय भवन निर्माणको शुरुवात भएको छ । शुक्रबार वडा नं ११ का वडा अध्यक्ष बिजय कुमार चौधरी र गेरुवा ग्रामीण जागरण संघ बर्दियाका अध्यक्ष कृष्ण जंग शाहले संयुक्त रुपमा शौचालय भवन निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा गेरुवाद्धारा संचालित युवाको अगुवाईमा महिनावारी व्यवस्थापन परियोजना अन्तर्गत बिद्यालय स्वच्छता कार्यक्रममार्फत सो बिद्यालयमा बिबिध कार्यक्रमसंगै नयाँ शौचालय भवन निर्माणको थालनी गरिएको हो । शौचालय भवन निर्माणका लागि ११ लाख ९६ हजारको लागतमा निर्माणको सम्झौता भएको छ ।निर्माण शुरु भएको शौचालय भवनमा छात्र शौचालय १, युरिनल (पिसाब घर) एक, छात्रा शौचालय एक, युरिनल (पिसाब घर) एक र अपाङ्गमैत्री शौचालय कोठा रहनेछ । बिद्यालयलाई स्वास्थ्य तथा सरसफाई नमूना बनाउनका लागि बिद्यालय स्वच्छता कार्यक्रम संचालन गरिएको संघ बाँके शाखाका कार्यक्रम संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।

शौचालय निर्माणको लागतसहित ४० लाखको बिद्यालयमा स्वच्छता कार्यक्रममार्फत बिद्यालयलाई सरसफाईमा नमूना बनाउनका लागि वडा कार्यालयको समन्वयमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रदान गर्ने, बिद्यालयका शिक्षक कर्मचारीलाई आवश्यक ज्ञान सचेतना अभिबृद्धि गर्दै बिद्यार्थीहरुलाई स्वच्छताका लागि अग्रसर बनाइनेछ ।

यसका लागि वडा कार्यालयले समेत ६ लाखको रकम कोषका रुपमा राखेको छ । बिद्यालयमा करिब ६ सय बालबालिका अध्ययनरत रहेको बिद्यालयका प्रधानाध्यापक राम कुमार चौधरीले बताउनुभयो ।

Previous articleमानव बेचबिखनबिरुद्ध जनप्रतिनिधि सक्रिय
Next articleस्वास्थ्य सामग्री खरिदमा अनियमितता भयो : लेखा समितिको ठहर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here