एक वर्षमा ५९८ जनाको उद्वार

नेपालगन्ज । बाँकेमा मानव बेचबिखन तथा ओसारपसारको घट्ना बढ्दै गएका छन् । जिल्लामा गत एक वर्षमा मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित घट्ना बढेको छ । माइती नेपाल नेपालगन्जले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक वर्षमा मानव बेचिबिखन सम्बन्धि ३ वटा मुद्दा दर्ता भएको छ ।

सन २०२४ को जनवरीदेखि २०२४ को डिसेम्बर अन्यसम्म हराएकामध्ये ४ सय ७ जनालाई फेला परेका छन् । यो एक वर्षमा खोजतलासका लागि संस्थामा ७ सय ७७ वटा निवेदन परेको थियो ।

यसमा बाँकेको कोहलपुर नगरपालिकाका ८१ मध्ये ५१, नेपालगञ्ज उपमहानगरपालिकाका २७ मध्ये १५, राप्ती सोनारी गाउँपालिकाका १९ मध्ये ११, बैजनाथ गाउँपालिकाका ३९ मध्ये २२, जानकी गाउँपालिकाका ५ मध्ये ३, डुडुवा गाउँपालिकाका १ मध्ये १ फेला परेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

यसबाहेक सबैभन्दा बढी सुर्खेतका १ सय ८ मध्ये ५१, जाजरकोटका ८३ मध्ये ४५ र सल्यानका ३२ मध्ये १३ जना हराएकाहरुलाई फेला परेका छन् । जातिगत विवरण अनुसार ब्राह्मण क्षेत्री ३ सय ९० जना हराएका थिए ।

यसैगरी काहेलपुरका ३३, बैजनाथका २४, राप्ती सोनारीका १५, खजुराका ११, नेपालगन्जका ९, डुडुवाका २, जानकीका २ र नरैनापुरका १ जना जोखिमपूर्ण यात्रामा रहेका थिए । अघिल्लो वर्ष सन २०२३ मा ६ सय ६२ वटा परेको निवदेनमध्ये २ सय ७८ जना फेला परेका थिए ।

यस्तै श्रम र यौन शोषणमा यो वर्ष बृद्धि भएको देखिएको छ । अघिल्लो एक वर्षमा श्रम र यौन शोषणमा १२ जना परेका छन् भने २०२४ मा १३ जना परेका छन् । जोखिमपूर्ण यात्रामा पनि यो वर्ष बृद्धि भएको छ ।

सन २०२४ मा ५ सय ९८ जना जोखिमपूर्ण यात्रामा रहेकाहरुको सिमानाकाबाट उद्धार गरिएको छ । अघिल्लो वर्ष सन २०२३ मा ५ सय ९ जनाको उद्धार गरिएको थियो ।

घरपरिवारलाई जानकारी नदिई अन्य देशको यात्रामा निस्किएका ४ सय ३८ जनालाई घर फिर्ता गराइएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताउनुभयो । अघिल्लो वर्ष सन २०२३ मा ४ सय ७९ जनालाई सिमा नाकामा प्ररामर्श दिएर घर फिर्ता गराइएको तथ्याँक छ ।

घरेलु हिंसाका घट्ना भने अघिल्लो वर्षको जस्तै देखिएको छ । १२ वटा परेको निवेदनमध्ये १० वटाको समाधान गरिएको संयोजक कोइरालाले बताउनुभयो । अघिल्लो वर्ष सन २०२३ मा घरेलु हिंसाका ५ वटा निवेदन परेका थिए ।

यस्तै एक वर्षमा माइती नेपालले मानव बेचबिखन र सुरक्षित बसाई सराईका बारेमा जानकारी दिई ६ सय १३ जनालाई पारिवारिक पुर्नरमिलन गराएको जनाएको छ । पछिल्लो समय समाजिक संजालको प्रयोगमार्फत मानव बेचिबखनमा सहयोग पुगेको देखिएको संयोजक कोइरालाले बताउनुभयो ।

एक वर्षमा देखिएका घट्नाहरुमध्ये इन्स्टाग्रामको प्रयोगमार्फत बंगलादेशका एक व्यक्तिसंग चिनजान भएर एक नेपाली चेली उता जाने क्रममा उद्वार गरिएको छ । १८ वर्षमुनिका बालबालिकाहरु अभिभावकको सल्लाह बगेर घर छाड्ने क्रम बढेको र यो सामाजिक संजालको प्रयोगले बढेको माइती नेपालले जनाएको छ ।

Previous articleमहासंघ लुम्बिनीका पदाधिकारीलाई बाँके शाखाद्वारा स्वागत एवं बधाई प्रदान
Next articleपेट्रोल र डिजेलको मूल्य बढ्याे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here