माघमा न्यू दर्पण कप हुने, बिजेतालाई एक लाख

खजुरा, बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा क्लबस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा बसेको बृहद भेलाले दोश्रो न्यू दर्पण युवा कप फुटबल प्रतियोगिता यहि माघ महिनाभित्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

भेलाले प्रतियोगिताको तयारीका लागि आर्थिक समिति, ब्यवस्थापन समिति, स्वयमसेवक समिति, पुरस्कार तथा अन्य ब्यवस्थापन समिति लगायतका समिति गठन गरेको छ ।

भेलामा वडा अध्यक्ष टेकबहादुर रोकाय, सदस्य बलबहादुर बिसी, बलबहादुर कठायत, क्लबका पुर्व अध्यक्षहरु गोविन्द शर्मा, देबराम बिसी, लोकबहादुर बिसी, पुर्ब वडा अध्यक्ष तिलकबीर सुनार, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष उज्ववल बिसी, समाजसेवी विदुर लामिछाने, बिरबहादुर बिसी, चित्रबहादुर बिसी लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा प्रथमलाई एक लाखबढि र दोश्रो हुनेलाई ५० हजारबढि नगदसहित अन्य पुरस्कार राखिएको क्लबका कोषाध्यक्ष देबबहादुर बिसीले बताउनुभयो ।

Previous articleगाउँपालिकास्तरीय खेलकुुदमा प्रभात चौथो पटक शिल्ड जित्न सफल
Next articleडुडुवाद्धारा सामाजिक सुरक्षा भत्ता विरतण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here