डुडुवाद्धारा सामाजिक सुरक्षा भत्ता विरतण

डुडुवा (बाँके) । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गर्न थालिएको हो ।

वडा नम्बर २ बनकट्टीस्थित गाउँपालिकाको कार्यालयबाट भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गरि शुभारम्भ गर्दै चिसोको मौसममा नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै पुगेर भत्ता वितरणको कार्य सुरु गरेको बताउनुभयो ।

अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुःखद भएको भन्दै त्यसको विकल्पमा बैंकलाई बस्तीमै बोलाएर वितरण गर्न लागेको बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । उहाँका अनुसार करिब चार हजार तीन सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।

वडा सचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना दुई हजार ६ सय ६०, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार नौ सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्षमुनिका दलित बालबालिकालाई प्रतिमहिना पाँच सय ३२ का दरले रकम वितरण गरिनेछ ।

Previous articleमाघमा न्यू दर्पण कप हुने, बिजेतालाई एक लाख
Next articleलक्ष्मी माध्यमिक विद्यालय मदुइले मनायो ६५ औं वर्ष उत्सव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here