
नेपालगञ्ज । नेपाल चिकित्सक संघ भेरी शाखाको अध्यक्षमा डा.रुपानन्द अधिकारी निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्वका लागि गरिएको उम्मेदवारी दर्तामा डा.अधिकारीबाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि सर्वसम्मतबाट अगामी नेतृत्वका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतका अनुसार संघको उपाध्यक्षमा डा.संकेतकुमार रिसाल, सचिव डा.प्रचण्ड गौतम, सहसचिवमा डा.विजय उपाध्याय, कोषाध्यक्षमा डा.राहुल मिश्र र सहकोषाध्यक्षमा डा.अजय बैश्य निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा डा.रोशनकुमार यादव, डा.राहुल कुर्मी, डा.वसन्तराज न्यौपाने, डा.रत्नमणि सुवेदी र डा.लक्ष्मण सिग्देल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत डा.रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संघको कार्यसमिति, पदाधिकारी सबै निर्विरोध निर्वाचित भएका छन् । नेतृत्वमा यस पटक सबैभन्दा कान्छा सदस्यका रुपमा डा.कुर्मी पुग्नुभएको छ ।





