
नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समिति सदस्य अम्बिका काफ्लेले जसपाको केन्द्रीय पार्टी स्कुल तथा प्रशिक्षण विभागको उपप्रमुखको जिम्मेवारी पाउनुभएको छ ।
काठमाण्डौमा सोमबार सम्पन्न पार्टीका बौद्धिकस्तरका व्यक्तिहरु सहभागि बैठकले लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहनुभएकी काफ्लेलाई निर्विरोध विभागको उपप्रमुखको जिम्मेवारी दिएको हो ।
विभागको प्रमुखमा सिरहाका सुरेश कुमार मण्डललाई चयन गरिएको छ । १७ सदस्यीय समितिको सचिवमा धनुषाका चन्देश्वर सदालाई जिम्मेवारी दिइएको छ ।
विभागको अन्य सदस्यहरुमा धनकुटाका अर्जन थापा र राज कुमार राई, महोत्तरीका चन्देश्वर प्रसाद सिंह, रौतहटका डा.उमाशंकर, चितवनका तारा सिंह विश्वकर्मा, नुवाकोटका देवराज घिमिरे, सुर्खेतका बलविर नेपाली, काठमाण्डौंका विनोद विश्वकर्मा, प्यूठानका भगवती सुवेदी, सप्तरीका भरत प्रसाद महतो र विकास तिवारी, धनुषाका सिता यादव, सिरहाका हरि नारायण कामती र काभ्रेका ज्ञान बहादुर तामाङ्ग चयन हुनुभएको छ ।
२०७४ सालदेखि राजनीतिक यात्रा सुरु गर्दै संघीय समाजवादी फोरमको लुम्बिनी प्रदेश समितिको दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको उपप्रमुख काफ्लेले दुई कार्यकाल समाजवादी महिला संघ नेपालको केन्द्रीय सदस्यमा रहि हाल जसपा, नेपालको केन्द्रीय समितिमा प्रतिनिधित्व गरिरहनु भएको छ ।





