
नेपालगन्ञ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीस्थित एक पसलमा आइतबार राती आगलागी भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ चन्दननाथ बस्ने मञ्जु गुरुङ्गले संचालन गर्नुभएको एक कपडा पसलमा राती आगलागी भएको हो ।
राती करिब १ बजेको समयमा पसलमा आगलागी भएको थियो । प्रहरीका अनुसार एक्कासी विद्युतको तार सर्ट भएर आगलागी भएको खबर प्राप्त भएको थियो ।
आगलागीबाट बंसिका जनरल स्टोर तथा कास्मेटिक पसलमा रहेको सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ ।
घट्नास्थलमा पुगेको प्रहरीको टोली, दमकल र स्थानीयको सहयोगमा करिब पौने घण्टामा नै आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।





