नेपालगन्जमा महिला विकास समूह, समितिलाई सक्षमता तालिम

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले वडास्तरमा रहेका निगरानी समूहमा आवद्ध महिलाहरुलाई सक्षम बनाइएको छ ।उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले हरेक वडामा रहेको निगरानी समूहमा आवद्ध महिलाहरुलाई अनुशिक्षणमार्फत सक्षम बनाइएको हो ।

समूहका पदाधिकारी एंव सदस्यहरुलाई तीन दिने अनुशिक्षण तथा सात दिने आधारभूत तालिममार्फत सक्षम बनाइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डेयले जानकारी दिनभुयो ।

नेपालगञ्जका वडा नं २०, १२, १, ९ १७, ११, ६, १३, १४ र १५ का वडास्तरमा रहेका तथा निर्माण भएका निगरानी समूहका सदस्यहरुलाई क्षमता अभिवृद्धि कार्यक्रममार्फ सक्षम बनाइएको छ । बाँकी वडामा अघिल्लो वर्ष तालिमहरु संचालन गरिसकिएको छ ।

लैंङ्गिक हिंसा, घरेलु हिंसा निवारणका साथै समुदायका विकृति विसंगति अन्त्यका लागि समूहका पदाधिकारी एंव सदस्यलाई तालिममार्फत जागरुक गराइएको शाखा प्रमुख पाण्डेयले बताउनुभयो । प्रमुख पाण्डेयका अनुसार हालै तीन वटा अनुशिक्षण र एक वटा आधारभूत तालिम संचालन गरिएको छ ।

यस्तै महिलाहरुलाई आफ्ना सवाल तथा समस्याहरुप्रति सजग बनाउनका साथै सक्षम बनाउन शाखाले पाँच वटा महिला विकास समिति र ३१ वटा समूह बनाएको छ । नेपालगन्ज वडा नम्बर १, ६, ११, १३ र २० मा समूह समिति बनाइएको छ ।

ती समूहरुलाई बाकस, त्रिपाल र माइनट दिएर छलफल तथा निर्णय गर्ने वातावरण तयार गरिएको छ । अनुशिक्षणमार्फत मानव बेचबिखन तथा ओसारपसार, समूह संगठन, घरेलु हिंसा, महिला हिंंसा, बाल विवाह लगायतका विषयमा जानकारी प्रदान गरिएको नेपालगन्जकी महिला विकास अधिकृत (छैठौं) आशा शाहीले बताउनुभयो ।

‘महिलाहरुलाई सक्षम बनाएर टोल समुदायमा नकारात्मक कुराहरुको निगरानी होस ।,’ अधिकृत शाहीले भन्नुभयो, ‘यसले सकारात्मक समाज निर्माणमा भूमिका निर्वाह हुनेछ । साथै यसले महिलाहरुको सक्रियताले उनीहरुलाई सक्षम बन्न सहयोग पुग्नेछ ।’

यसरी वडास्तरमा निर्माण भएका महिला विकास समूह समितिहरुले सक्षम हुँदै सक्रियता समेत देखिँदै गएको छ । त्यस्ता समितिहरु आफैले बचत गर्न शुरु गरेका छन् भने समुदायका समस्याका बारेमा आफै छलफल गरेर निर्णय गर्न सक्ने भएका छन् ।

Previous articleमा १ र २ गते बढैयातालमा माघ मिलन कार्यक्रम हुने
Next articleलागूऔषध चरेससहित तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here