मा १ र २ गते बढैयातालमा माघ मिलन कार्यक्रम हुने

बर्दिया । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा यही माघ १ र २ गते दोस्रो माघ मिलन कार्यक्रम हुने भएको छ ।

थारु समुदायको महान पर्व माघको अवसरमा माघ मिलन कार्यक्रम हुने भएको हो । बढैयाताल गाँउपालिका वडा नम्बर ५ को आयोजनामा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा १५ बढी गाउँका विभिन्न खालका थारु संस्कृति झल्कने नृत्य (मघौटा, हुरदुङ्ग्वा, छोक्रा, डफ, लठ्ठहवा, झुम्रा) लगायतका नृत्य हुने ५ नम्बरका वडा अध्यक्ष तुलाराम थारूले बताउनुभयो ।

माघ मिलन कार्यक्रममा थारु परिकार (ढिक्री, माछा, घाेंघी, खुर्सानीको चट्नी, बंगुरको मासु, जाँड)को स्वाद लिन सकिने कार्यक्रमका संयोजक राकेश थारूले बताउनुभयो ।

कार्यक्रममा थारु समुदायमा योगदान पु¥याएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षक, पत्रकार, खेलाडी, कर्मचारी लगायतलाई उपस्थिति रहने संयोजक थारुले बताउनुभयो ।

Previous articleकोहलपुरले संस्थागत सहकार्यलाई प्रभावकारी बनाउँदै
Next articleनेपालगन्जमा महिला विकास समूह, समितिलाई सक्षमता तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here