शाहकाे जन्म जयन्तीमा माेटरसाइकल र्याली

नेपालगञ्ज । नेपालगन्जमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर निकालिएको मोटरसाइकल र्याली त्रिभुवन चोकमा कोणसभा गरेेको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार नेपालगन्जमा बागेश्वरी पार्कमा भेलाभई निकालिएको मोटरसाइकल र्याली बागेश्वरी पार्क न्युरोड , पुस्पलाल चोक, कारकादो चोक , पुन पुस्पलाल चोक , धम्बोजी चोक , बिपि चोक हुदै त्रिभुवन चोक पुगेर कोणसभा तथा जन्मजयन्ती सभामा परिणत भएको थियोे ।

नेपाल शिवसेनाको आयोजनामा भएको वृहत् मोटरसाइकल र्यालीमा सामाजिक तथा धार्मिक संघसंस्थाका व्यक्तित्व , राजनैतिक पार्टीमा रही आफुलाई नेपाली भन्न रुचाउने व्यक्तित्वहरु , देशभक्ति युवाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

उता कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले अब युवा पुस्ता र नेपालीहरु जाग्ने बेला आएको छ । यस्तै अवस्था रहे बंगलादेश, सिरिया जस्तै नेपालपनि नहोला भन्न सकिदैन तेसैले अब सम्पुर्ण देशभक्ति युवाहरु एक जुट भएर पुरानै राजसत्ता फर्काउन यी भ्रष्ट नेताहरुलाई फाल्ने समय आएको बताएका थिए ।

Previous articleसय बढी हतियार बरामद
Next articleडुडुवाको १७ औं गाउँसभा सम्पन्न, चार जना सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here