
नेपालगञ्ज । ब्राउन सुगरसहित बाँकेमा एक जना पक्रा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पौष १ गते साँझ पाँच बजेको बाँकेको कोहलपुरबाट ४४ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नं-११ मा लागु औषध ब्राउनसुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला तथा लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखा बाट खटिएको प्रहरी टोलीले शंकास्पद रहेका वडा नं-१२ वस्ने वर्ष ४५ का ईन्द्रमणी गौतमलाई पक्राउ गरिएको प्रहरी कार्यालयब बाँकेका प्रवक्ता डिएसपी सुवास खडकाले जानकारी दिनुभयो ।
तलासी लिने क्रममा निजले लगाएको पाईन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर धुलो १ पुडिया, सोही खल्तीमा रहेको तौल गर्ने डिजिटल मेसिन थान १ फेला पारी बरामद गरि लाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्ति जाजरकोटमा लागू औषध चरेस मुद्दामा समेत पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेका छन् ।





