राम बिवाहको अवसरमा दुई जोडीको बिवाह सम्पन्न

नेपालगञ्ज । हर्षोल्लासका साथ नेपालगञ्जमा राम बिवाह सम्पन्न भएको छ । बिवाह पञ्चमीका दिन मनाइने राम बिवाह नेपालगञ्जमा पनि यस पटक भब्यताका साथ मनाइएको हो ।

परापूर्वकालदेखि मनाईदै आएको बिवाह पञ्चमी यस पटक भने केही फरक तरिकाले मनाइएको छ । प्रत्येक वर्ष नेपालगञ्ज वडा नं ११ त्रिभुवन चोक नजिक रहेको श्री रामजानकी द्धवारिकाधीश मन्दिरबाट निस्कने राम विवाहको जन्ती यसपटक नेपालगञ्ज वडा नं ७ पिपल चौतरास्थित राम जानकी मन्दिर पुगेको थियो ।

यसअघिको वर्षसम्म त्रिभुवन चोकस्थित मन्दिरबाट निस्कने जन्ती बागेश्वरी मन्दिर नजिक रहेको राम जानकी मन्दिरमा पुग्ने गथ्र्यो । तर मन्दिरमा निर्माण कार्य जारी रहेकाले यस पटक पिपल चौतरास्थित मन्दिरमा जन्ती लगिएको भक्तहरु बताउँछन् ।

सो अवसरमा जन्तीमा सहभागि भक्तजनहरुलाई भोजन पानीको समेत व्यवस्था गरिएको स्थानीय नन्दलाल शाहूले जानकारी दिनुभयो । साथै विवाह पञ्चमीको अवसरमा दुई जोडीको विवाह समेत सम्पन्न भएको छ ।

डुडुवा गाउँपालिका वडा नं २, सन्तलियाका प्रेम कश्यपले नेपालगञ्ज भवानी बागकी लक्ष्मी कश्यपका साथ तथा जानकी गाउँपालिकास्थित मोतीपुर निवासी आकाश कुमार राढले बैजापुरकी आशा परियारसंग विवाह गर्नुभएको छ ।

यस पञ्चमीको अवसरमा नेपालको जनकपुर लगायतका स्थानहरुमा र भारतको अयोध्या लगायतका स्थानहरुमा भगवान श्री राम तथा माता सीताको बिवाह हर्षोल्लासका साथ मनाइने गरिएको हो । यस दिन विवाह तथा शुभकार्यका लागि शुभसाईत हेर्न नपर्ने मान्यता छ ।

Previous articleब्राउन सुगरसहित एक पक्राउ
Next articleटिकटक बनाउने क्रममा एक युवकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here