
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को जेष्ठ नागरिक क्लबको अध्यक्षमा अजित कुमार शर्मा चयन हुनुभएको छ । सोमबार नेपालगन्जमा भएको दोस्रो बार्षिक सभाले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लबको उपाध्यक्षद्वयमा बुद्धिमाया वज्राचार्य, लाल बहादुर मल्ल, महासचिवमा धर्मदत्त सुवेदी, सहसचिवमा तारा कुमारी रानामगर, कोषाअध्यक्षमा नारायण प्रसाद शर्मा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा चन्द्रकला शर्मा, स्यामलाल नेपाली, हरभजन चिडिमार, अमृता रैदास, हुमकला सुवेदी चयन भएका छन, यसै गरि नगर प्रतिनिधिमा मन्जु श्रेष्ठ, जनक भण्डारी, सुरेन्द्र बहादुर शाह चयन रहनुभएको छ ।
बाार्षिक सभाको उद्घाटनमा प्रमुख अतिथीका रुपमा डा. सुरेश कुमार कनाडिया, विशिष्ठ अतिथिका रुपमा पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, वडा अध्यक्ष तरुण कुमार बज्रचार्य, वडा सदस्यहरू राजकुमार बाल्मीकी, बिनोद रस्तोगी, वडा सचिव नेवलाल घर्ति लगायतको उपस्थित रहेको थियो ।





