नेपालगन्ज खुद्रा व्यवसायी र खुद्रा व्यवसायी संघबीच छलफल

नेपालगन्ज । नेपालगन्ज खुद्रा व्यवसायीहरुको संयुक्त ज्ञापन पत्रलाई आत्मसाथ गर्दै नेपालगन्जका खुद्रा व्यवसायी र तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज बीच व्यवसायीक छलफल भएको छ ।

आज सोमबार नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका विच प्रत्येक महिनाको पहिलो शनिबार व्यवसायिक विश्राम गर्ने निर्णय गरेको खुद्रा व्यवसायी संघ नेपालगन्जका अध्यक्ष हिमनाथ पौडेलले जानकारी दिनुभयाे ।

अध्यक्ष पौडेलका अनुसार यही माघ महिनादेखि नियमित रूपमा लागू हुने गरी महिनाको पहिलो शनिबार बन्द गर्ने निर्णय गरिएको छ । उहाँले भन्नुभयाे, “यहाँका खुद्रा व्यवसायीहरुको भावनालाई लिखित रूपमा राख्दै आएको माग बमोजिम आफूहरुले महिनाको पहिलो शनिबार खुद्रा व्यवसाय बन्द गर्ने निर्णय लिएका हौं ।”

नेपालगन्ज बजारमा रेडिमेट होलसेल, जुत्ताको होलसेलहरुले पहिलेदेखि नै हप्ताको एकदिन पसल बन्द गर्ने गरेका छन् । त्यस्तै आउँदो माघ पहिलो शनिबारदेखि खुद्रा व्यवसायीले पनि महिनाको एकदिन विश्राम गर्ने भन्दै खुद्रा व्यवसायी संघ अहिले सुचना प्रवाह गर्ने र प्रचार गरिने खुद्रा व्यवसायी संघका अध्यक्ष पौडेलले जानकारी दिनुभयाे ।

अहिले व्यवसाय त्यति राम्रो नरहेको अवस्थामा प्रत्येक हप्ताको एकदिन बन्द गर्न नसकिने तर महिनामा १ दिन भएपनि परिवारलाई समय दिन सकिने भएकाले यस्तो माग गरिएको खुद्रा व्यवसायिहरुको भनाई छ ।

खुद्रा व्यवसायी, मालिक पनि आफै कामदार पनि आफै, हुने अवस्था छ, यस्तो अवस्थामा हामीले प्रत्येक हप्ता त बन्द गर्न सक्दैनौं तर महिनाको एक दिन भएपनि घरमा समय दिन सकिने नेपालगन्ज घरबारिटोलका व्यवसायी हरिश बोगटीले भन्नुभयाे । ६ वर्ष अगाडि यो नियम लागू भएपनि तीन वर्षदेखि असफल भएकोमा पुन: सुचारु गरिने भएको छ ।

Previous articleनेपालगन्ज १२ काे जेष्ठ नागरिक क्लबकाे अध्यक्षमा शर्मा चयन
Next articleवार्षिक उत्सवको अवसरमा सहयात्रीले गर्यो वृक्षरोपण र सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here