वार्षिक उत्सवको अवसरमा सहयात्रीले गर्यो वृक्षरोपण र सहयोग

नेपालगन्ज । वातावरण संरक्षण र मानवीय सहयोगलाई जोड दिँदै सहयात्री नेपालले दोस्रो स्थापना दिवस मनाएको छ ।

संस्थाले सो अवसरमा नेपालगन्जमा वृक्षरोपण कार्यक्रम गरेको छ । नेपालगञ्ज वडा नम्बर ८ महेन्द्र पार्कमा गुलमोहरका रुखहरू र हिन्दू शमशानभूमिमा “सहयात्री चौतारी“ स्थापना गर्न पीपलका रुखहरू रुपेको छ ।

आउने पुस्ताहरूका लागि हरियाली र दिगो वातावरण सिर्जना गर्ने प्रतिबद्धतालाई यी प्रयासहरूले झल्काउने संस्थाको विश्वास छ । यो अभियानका लागि रोपिएका रुखहरू डा। विनोद कर्णले प्रदान गर्नुभएको थियो ।

वातावरणीय प्रयाससँगै, सहयात्रीले विपन्न परिवारहरूलाई न्यानो कम्बल वितरण गरेको छ । सो कार्यक्रममा बोल्दै सहयात्रीका उपसचिव देवा बहादुर क्षेत्रीले संस्थाको सामाजिक सेवाप्रतिको दृढ प्रतिबद्धतालाई प्रकाश पार्नुभएको थियो ।

उहाँले स्थानीय रक्त बैंकहरूमा देखिएको रक्त अभावलाई सम्बोधन गर्न र जीवन बचाउने अभियानमा समुदायको संलग्नता प्रवद्र्धन गर्न यो हप्ता रक्तदान कार्यक्रम आयोजना गर्ने योजना रहेको समेत जानकारी दिनुभयो ।

वृक्षरोपण कार्यक्रममा सहयात्रीका सदस्यहरू, सहयात्री युवा फेलोसिपका सदस्यहरू र सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सहयात्रीले स्थापनाकालदेखि नै नेपाल बाल तथा युवा अधिकार, महिनावारी, स्वास्थ्य सचेतना र मानव बेचबिखनविरुद्धको अभियानका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

कार्यक्रम सहयात्रीकी सदस्य दीपा सुनारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै हातहरू र सरोकारवालाहरूप्रति धन्यवाद दिँदै आगामी दिनमा सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Previous articleनेपालगन्ज खुद्रा व्यवसायी र खुद्रा व्यवसायी संघबीच छलफल
Next articleराष्ट्रिय योग दिवस : नेपालगन्जमा याेगाभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here