पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल एक सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले जानकारी दिएको छ ।

निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बुधबार राति १२ बजेपछि लागू हुनेछ ।

Previous articleबाँके प्रहरीद्वारा एक महिनामा ७६ लाख बढी जरिवाना असुल
Next articleजानकी १ की अम्रिता एक सातादेखि बेपत्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here