६ लाख बढी बालबालिकालाई राष्ट्रिय परिचय पत्र नम्बर प्रदान

काठमाण्डौं । करिब ६ लाख बढी बालबालिकालाई राष्ट्रिय परिचय पत्र नम्बर प्रदान गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना २०८० फागुन २७ देखि हालसम्म ६ लाख बढी बालबालिका राष्ट्रिय परिचय पत्र नम्बर प्रदान गरिएको हो ।

यो अवधीमा ६ लाख ४७ हजार दुई सय ३८ बालबालिकालाई जन्मदर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर प्रदान गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाइले जानकारी दिनुभयो ।

देशभरका ६ हजार ७ सय ४३ वडा कार्यालयहरूले जन्मदर्ता प्रमाणपत्रमै राष्ट्रिय परिचयपत्र नम्बर दिने काम गरिरहेका छन् ।

जन्मदर्ताको प्रमाणपत्रमा १३ अंकको जन्मदर्ता नम्बरसँगै १० अंकको राष्ट्रिय परिचयपत्रको नम्बर राखेर दिइरहेको विभागका सूचना अधिकारी सेढाइले बताउनुभयो ।

यी बालबालिकाहरूको १६ वर्षमा नागरिकता लिएसँगै राष्ट्रिय परिचय पत्र पनि बन्छ । जन्मदर्तामै परिचयपत्र नम्बर दिँदा सबै विवरण राष्ट्रिय परिचयपत्रको प्रणालीमा आउने भएकाले नागरिकता बनाउँदा समस्या नआउने विश्वास छ ।

Previous articleभारतमा बलात्कार र हत्या अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय
Next articleबाँकेमा मृत पाटेबाघ फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here