पत्रकारमाथि दुव्र्यवहार घट्नाको चौतर्फी बिरोध

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा पत्रकारमाथि भएको दुव्र्यवहार घट्नाको बिरोध गरिएको छ । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा समाचार संकलनमा पुगेका दुई जना पत्रकारमाथि आयोजक र सुरक्षाकर्मीले गरेको दुव्र्यवहार घट्नाको विभिन्न संघ संगठनले बिरोध जनाएका छन् ।

घट्नाबारे नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस युनियन बाँके र प्रेस चौतारी बाँकेले पत्रकारमाथि दुव्र्यहार घट्नाको निन्दा गर्नुका साथै घट्नाको भत्सर्ना गरेका छन् । महासंघ बाँकेले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनमा पुगेका पत्रकारमाथि गरिएको घट्नाप्रति खेद जनाएको छ ।

यस्तै प्रेस युनियन बाँकेले घट्नाको बिरोध गर्दै पत्रकारमाथि दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले एक विज्ञप्ती जारी गर्दै महोत्सव आयोजकलाई सच्चिन चेतावनी दिइएको छ । पत्रकारमाथि दुव्र्यवहार कदापी स्वीकार्य नहुने भन्दै युुनियनले समाचार संकलनमा सहज वातावरण बनाउन आग्रह गरेको छ ।

यसैगरी प्रेस चौतारी बाँकेले घट्नाप्रति गम्भीर हुँदै पत्रकारप्रतिको कार्य सह्य नहुने जनाएको छ । परिचय देखाउँदा देखाउँदै पनि पत्रकारमाथि दुव्र्यवहार गर्नुले पत्रकारिताप्रतिको प्रहार भएको जनाएको छ । यस्तै प्रेस सेन्टर बाँकेले समेत एक विज्ञप्ती जारी गरेर घट्नाको बिरोध गर्दै आयोजकलाई गम्भीर हुन आग्रह गरेको छ । साथै समाचार संकलनका लागि सहज वातावरण बनाउन भनिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १० गतेदेखि महोत्सव संचालन गरिएको छ । आइतबार १३ गते साँझको समय समाचार संकलन गर्न पुग्नुभएका नेपाल प्रेस युनियन बाँके कार्यसमिति सदस्य सलामत अलि शेषलाई आयोजक स्वयं र सुरक्षाकर्मीले दुव्र्यहार गरेका थिए ।

त्यसैगरी माघ १२ गते दिउँसोको समयमा समाचार संकलन गर्न पुग्नुभएका प्रेस चौतारी बाँकेका नवनिर्वाचित कार्यसमिति सदस्य टार्जन ओलीमाथि पनि आयोजक स्वयं र सुरक्षाकर्मीले दुव्र्यवहार गरेका थिए । दुबै जना पत्रकारले परिचय पत्र देखाएपनि दुव्र्यवहार गरिएको थियो ।

Previous articleस्टलमार्फत पोषणको सूचना प्रवाह गरिँदै
Next articleबाघ खोज्न सामुदायिक वनभित्र क्यामेरा जडान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here