समाजवादी निकट विद्यार्थी संगठन नेतृ बुढा मगर एमालेमा प्रवेश

नेपालगन्ज । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्वियूकी नेतृ सरस्वती बुढा मगर नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसकी निर्वाचित स्ववियु सदस्यसमेत रहनुभएकी बुढा मगर सोमबार नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

बुढामगरलाई नेकपा एमालेकी केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्याल, पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य प्रसाद ढकाल, दिपा शर्मा, पार्टीका बाँके अध्यक्ष निरक गुरुङ, नगर अध्यक्ष मोहित शाह, एमाले डुडुवा गाउँपालिका कमिटीका सचिव महेश कुमार चौधरी, अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश बिक र विद्यार्थी नेता चिरञ्जीवी बुढाले स्वागत गर्नुभएको थियो ।

डुडुवा गाउँपालिका कमिटीका सचिव चौधरी र विद्यार्थी नेता बुढाको नेतृत्वमा बुढामगर एमालेमा प्रवेश गर्नुभएको छ ।

Previous articleवेस्ट इन्डिज ३४ वर्षपछि टेस्ट क्रिकेटमा बिजयी
Next articleविकास निर्माणमा अगाडी नेपालगन्ज-१८ मा डेढ करोडको पक्की सडक निर्माण सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here