राप्ती सोनारीमा घर आवास कार्यक्रम सुरु

राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाले विपन्न लक्षित घर आवास कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले अति विपन्न तथा असहायको घर निर्माण कार्यक्रमलाई अगाडी सारेको हो । गाउँपालिकाले विपन्न लक्षित थालेको घर आवास कार्यक्रमलाई शुक्रबारदेखि सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले वडा नम्बर ३ र ४ मा एक कार्यक्रकाबीच निर्माण कार्यको सिलान्यास गर्नुभएको छ । वडा नम्बर ३ को महुवा र ४ को बैजापुर क्षेत्रमा घर निर्माणको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारुले संयुक्तरुपमा सिलान्यास गर्नुभएको थियो ।

सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले पालिकाले गरिव तथा विपन्न लक्षित यो कामलाई प्राथमकिताका साथ अगाडी बढाएको बताउनुभयो । उहाँले यहाँका असहाय तथा एकदमै जर्जर अवस्थामा रहेका परिवार लक्षित यो कार्यक्रमले वास्तविक आवश्यकता भएकालाई ठुलो राहत पुग्ने धारणा राख्नुभयो ।

‘विपन्न आवास कार्यक्रमले लक्षित परिवारमा ठुलो सहयोग पुग्नेछ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘जो आर्थिकरुपले सक्षम छैन, परिवारमा कोही सहारा छैन, त्यस्ता परिवारका लागि यो कार्यक्रम लक्षित गरिएको हो ।’ वास्तविक रुपमा यस खालको सहयोग चाहिएको परिवारलाई नै यसमा सहभागि गराइएने पनि अध्यक्ष पौडेलले उद्घोष गर्नुभएको थियो ।

गाउँपालिकाले घर आवास कार्यक्रम अन्तर्गत पालिकाभरी ३१ वटा घर निर्मण गर्न लागेको छ । वडा नम्बर ३, ४, ५, ६ र ७ मा गरी निर्माण हुने ३१ घरमा २÷२ वटा कोठा र एक÷एक वटा शौचालय निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिनभुयो ।

गाउँपालिकाको १ करोड ३ लाख लागत रहेको निर्माण कार्यलाई स्वागत कन्ट्रक्सन प्रालि ठाकुरबाबाले २०८२ को जेष्ठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । न्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष थारु, वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

Previous articleचिडिमार समुदायको हकहितका लागि राष्ट्रियस्तरको संजाल गठन
Next articleकुम्भबाट फर्किँदै गरेको गाडी दुर्घटना : पाँच नेपालीको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here