प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन र ६ करोडको कारोबार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ । यही १०–२२ माघसम्म आयोजना गरिए पनि निर्र्धारित मितिको अर्को दिन अर्थात १४औं दिनमा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष टंकबहादुर धामीले करिव डेढ लाख जनाले अवलोकन गरेको र करिब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिनुभयो । महोत्सवको तथ्याङ्क समितिले स्टल व्यवसायीसँग संकलन गरेको विवरणमा ६ करोडको कारोबार देखिए पनि वास्तविक रुपमा भने अझै धेरै रुपैयाँको कारोबार भएको आकलन गरिएकोे छ ।

अध्यक्ष धामीले महोेत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै केही दिनभित्रै महोत्सवको हिसाबकिताब सार्वजनिक गर्ने बताउनुभयो । संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा समापन समारोह नेपाल वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथि रहनुभएको थियो । उपाध्यक्ष वैद्यले देशभरीका १६८ वटा उद्योग वाणिज्य संघलाई मात्र मेला र महोत्सव सञ्चालन गर्न अनुमति दिन सरकारसँग माग गर्नुभयो ।

संंघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले स्वागत मन्तव्य दिएको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश प्रतिनिधि देवेन्द्र पाण्डे, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरी, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष प्रेम शाह, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईलगायतले महोत्सव सफलतापूर्वक सम्पन्न गरेकोमा नेपालगन्ज उद्योग वाणिज्य संघलाई बधाइ दिनुभएको थियो ।

समापन समारोहमा संघले महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरेको थियो । प्रादेशिक महोत्सव समापनको अवसरमा बाल गायक सुप्रिम मल्लको प्रस्तुती दिनुभएको थियो । छाता ओढाइ देउ न.., तिम्रै पीर चिन्ताले….लगायतका गीत गाउनुभएको थियो । समापन समारोहमा देउडा गायक नवराज खनाल र निरुता खत्रीले प्रस्तुती दिनुभएको थियो ।

Previous articleबाँकेमा क्यान्सरबिरुद्धको एचपीभी खोप अभियान सुरु
Next articleनेपालगन्जमा संस्कृति ज्ञान परीक्षा संचालन हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here