रोजगारको प्रलोभन दिएर करोडबढी ठग्ने मगर पक्राउ

नेपालगन्ज । बैदेशिक रोजगारीका नाममा करोडबढी ठगी गरेको आरोपमा बाँके बैजनाथकी एक महिलालाई पक्राउ गरिएको छ ।

विभिन्न व्यक्तिहरुलाई बैदेशिक प्रलोभन देखाएर १ करोड २३ लाख ठगी गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीया तिर्सना बाठा मगरलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक आयूश प्रसाद जोशीले बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनि विभिन्न व्यक्तिहरुसँग १४÷१५ लाखको दरले रकम लिई सम्पर्कविहीन बनेकी बैजनाथ गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीया मगरलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ । मगरले बैदेशिक रोजगारका लागि जापना वर्किङ्ग भिषामा लैजाने भनेर विभिन्न व्यक्तिहरुसँग पैसा लिएकी थिइन ।

करिव ३ महिनासम्म सम्पर्कविहिन भएकी मगरलाई बैदेशिक रोजगार बिभगमा मुद्दा दर्ता भइ पक्राउ आदेशपछि पक्राउ गरिएको प्रवक्ता जोशीले बताउनुभयो ।

Previous articleक्षयरोग निवारण संस्था बाँके भण्डारीको नेतृत्वमा सर्वसम्मत
Next articleगुराँसका तत्कालीन प्रमुख बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here