गुराँसका तत्कालीन प्रमुख बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालगन्ज । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गुराँस गाउँपालिका वडा नम्र ६ स्थित भिउचुलादेखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिवादीहरूबाट अख्तियारले बुढासहित, इन्जिनियर सरोज दाहाल, सव इन्जिनियर नविन कुमार वि.सी., लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख अधिकृत छैटौँ मदन प्रकाश मल्ललगायतसँग १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो र सजायको मागदाबी गरिएएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

Previous articleरोजगारको प्रलोभन दिएर करोडबढी ठग्ने मगर पक्राउ
Next articleमेयर कप फुटबल : आदर्श, ग्रिनपिस र आदर्श मावि विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here