राप्ती सोनारीमा प्रथम गाउँपालिका अध्यक्ष कप क्रिकेट सुरु

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइतबारदेखि प्रथम गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता-२०८१ सुरु भएको छ । प्रतियोगिताको आइतबार गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

राप्ती सोनारी गाउँपालिकाको सहयोगमा राप्ती युवा क्लबले वडा नम्बर ७ स्थित लालपुरको खेल मैदानमा सुर भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष पौडेलले व्याटिङ्ग तथा उपाध्यक्ष थारुले बलिङ्ग गरेर गरिएको थियोे ।

क्लबका अध्यक्ष मनोज पाण्डेको सभापतित्वमा भएको उद्घाटन शत्रलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले राप्ती सोनारी गाउँपालिका क्षेत्रका खेलाडीले खेलकुदको माध्यमबाट राष्ट्रमा चिनिन सक्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय शैक्षिक गुणस्तरका लागि पालिकाले महत्वपूर्ण कार्यक्रमहरु गर्दै र सहकार्यसमेत गर्दै आएको बताउनुभयो ।

यस्तै बिशिष्ट अतिथी रहनुभएकी उपाध्यक्ष थारुले खेलाडी र क्लबले प्रतियोगिता गर्ने मात्र नभएर अन्य रचनात्मक काम गर्दै सक्रियता देखाइरहेको उल्लेख गर्नुभएको थियो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा अनुसार खेलहरु हुनुपर्नेमा उपाध्यक्ष थारुको जोड थियो ।

शत्रमा राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदीले पनि धारणा राख्नुभएको थियो । फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राप्ती सोनारी, नरैनापुर र नेपालगन्जका गरी १६ वटा टिम सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, उपविजेता टिमलाई २० हजार रुपैयाँ प्रदान गर्ने प्रतियोगिता संयोजक दिपेन्द्रकुमार पाण्डेले जानकारी दिनुभयो ।

Previous articleरैथाने उत्पादनलाई प्रवद्र्धन गर्न नेपालगन्जमा प्रदर्शनी हुँदै
Next articleखजुरा गाउँपालिकाद्वारा सात बुँदे प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here