
मुरली गोडिया ,
गुलरिया । बर्दियाका ८ पालिकाका गरि २ सय ४० जनालाई रोजगारी दिइने भएको छ । तालिमहरुमा इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डर रहेको युसेप नेपालले बर्दियाले जनाएको छ । गुलरियामा सरोकारवालाहरु सँग परियोजना बारे छलफल कार्यक्रममा बताइएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोग र ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता परियोजना अन्र्तगत युसेप नेपाल र वल्र्ड भिजन एडभोकेशी फोरमद्धारा प्रबदित तालिमहरुका बारेमा छलफल गरिएको हो ।
निर्माण व्यवसायी संघ बर्दियाका महासचिव हेमन्त प्रकाश गिरीको प्रमुख आतिथ्यतामा भएको छलफलमा बर्दियाका विभिन्न स्थानिय तहमा रोजमुलक ७ प्रकारका सीप विकास तालिमहरु संचालन गरिने युसेप नेपाल बर्दिया शाखाका जिल्ला संयोजक रमेश कुमार चौधरीले जानकारी दिनुभयो ।
तालिमहरु इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डर रहेको छ । एक्जाभेटर बाहेकका ६ वटा ३ महिने तालिमहरु बर्दियाको विभिन्न नगरपालिकाहरुमा संचालन गरिने र ६ महिने एक्जाभेटर अपरेटरको तालिम काठमाण्डौमा संचालन हुने संयोजक चौधरीले जानकारी दिनुभयो ।
तालिमका ६ वटा नगरपालिकामा संचालन भएपनि प्रशिक्षार्थी भने ८ वटै पालिकाका रहने संस्थाले जनाएको छ । बर्दियाका लागि कार्यक्रम तर्फ ९५ लाख र प्रशासनिक खर्च १० लाख गरी परियोजनाको कुल अनुमानित लागत १ करोड ५ लाख रहेको छ । युसेप नेपालले बालबालिकालाई शिक्षा र युवायुवतीहरुलाई व्यावसायिक तालिम प्रदान गर्दै आएको छ । संस्थाले स्थापना कालदेखि हालसम्म हजारौं जना युवाहरुलाई तालिम दिइसकेको छ ।





