ढकाल रेडक्रसको उपमहामन्त्रीमा चयन

काठमाण्डौं । नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दिपेन्द्रराज ढकाल मनोनित हुनु भएको छ । यस अघि ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य हुनुहुन्थ्यो ।

नेपाल रेडक्रस सोसाइटीको पुस ९ गते बसेको केन्द्रीय कार्यसमितिको २९४ औँ बैठकले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान बमोजिम कार्यभार सञ्चालन गर्ने गरी ढकाललाई मनोनयन गरेको हो । आइतबार नेपाल रेडक्रसको प्रांगणमा आयोजित एक कार्यक्रमवीच उहाँलाई नेपाल रेडक्रसका अध्यक्ष डा.नेत्र प्रसाद तिम्सिनाले मनोनयनको पत्र हस्तान्तरण गर्नुभयो ।

उपमहामन्त्रीको पदभार ग्रहण गर्दै ढकालले समुदायसँग अझ नजीक हुने गरी रेडक्रसका सेवा प्रवाह गर्न आफू लागिपर्ने बताउँदै भन्नुभयो ”नेपाल रेडक्रसमा सुद्धिकरणका साथै स्वच्छ मानवीय संस्थाको रुपमा नेपाल रेडक्रसप्रति मानिसहरुको विश्वास वढाउने गरी काम अगाडि बढाइने छ ।”

पदभार ग्रहण कार्यक्रममा नेरेसोका उपाध्यक्षद्धय शर्मिला कार्की र डा.विश्वकेशर मास्के, केन्द्रीय सदस्यहरु, कार्यकारी निर्देशक उमेश ढकाल र नेरेसोका कर्मचारीहरु उपस्थित हुनुहुन्थ्यो । ढकालको नियुक्तिसँगै २०७७ साउन १२ गते नेपाल सरकार (मन्त्रीपरिषद ) ले गठन गरेको बर्तमान तदर्थ कार्यसमितिमा सबै पदाधिकारीहरुको पद अब पूर्ण भएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

यूवा व्यक्तित्व नेरेसोको उपमहामन्त्री पदमा आउनुले परिवर्तनको संकेत दिएको दिएको उपाध्यक्ष डा.मास्केले बताउनुभयो ।

Previous articleव्यवसायीक यौन शोषणबिरुद्ध बिद्यार्थीलाई सचेत पार्दै माइती नेपाल
Next article“ब्यवसायिक यौनशोषण र मानब बेचबिखन रोक्न समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here