“ब्यवसायिक यौनशोषण र मानब बेचबिखन रोक्न समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने”

मुरली गोडिया, गुलरिया । महिला तथा बालबालिक लक्षित विभिन्न हिंसाहरु न्युनिकरणका लागी समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने देखिएको छ । बालविवाह, महिला हिंसा, मानव बेचविखन, व्यवसयिक यौन शोषण लगायतका घटना न्युनिकरण गर्न समुदाय स्तरमा सचेताना फैलाउनु पर्ने देखिएको छ । बन्द कोठा र शहर बजारमुखी कार्यक्रम गर्नुको साटो यस्ता घटना न्युनिकरण गर्न सर्वप्रथम समाजमा सचेतनाका कार्यक्रमहरुमा तिव्रता दिनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।

मानव बेचविखन तथा ओसारपसार विरुद्ध २२ वर्षदेखी काम गर्दै आएको संस्था माइती नेपालले गुलरियामा गरेको बालबालिकाहरुको व्यवसायिक यौनशोषण विरुद्ध सम्बन्धित सरोकारवाला निकायसंगको छलफलका सहभागीले यस्तो बताएका हुन । बिधालयदेखि समुदाय स्तरसम्म मानब बेचबिखन बिरुद्ध चेतना अभिबृद्धि गर्न सम्बन्धित सवैले प्रभाबकारी रुपमा भुमिका खेल्नु पर्ने बदियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

बर्दिया जिल्लाको ८३ किलोमिटर भुमि खुल्ला सिमाना भएका कारण बेचबिखन बढेको र मानब बेचबिखनमा शुन्य सहनशिलता अपनाई सवैजना लाग्नुपर्ने उहाँको भनाई थियो । पहुँच नपुगेका कारण धेरै समस्या बाहिर नआएको उल्लेख गर्दै वहाँले देशब्यापी रुपमा देखीएको समस्या बर्दियामा पनि ब्यापक रहेकाले यसतर्फ स्थानिय नागरिक, स्थानिय सरकार, संघ संस्था सवै लाग्नुपर्ने बताउनुभयो ।

गुलरीया नगरपालिकाकी उपप्रमुख शुशीला गिरीले ब्यवसायिक यौन शोषण एवं मानब बेचबिखन बिरुद्ध गुलरीया नगरपालिकाले निति तथा कार्यक्रम तर्जुमा गरी वडा स्तरसम्म लैजाने बताउनुभयो ।महिला तथा बालबालिकाका क्षेत्रमा देखिएको समास्या समाधान गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । स्थानिय सरकारले विभिन्न हिंसा न्युनिकरणका लागी समुदाय स्तरमा सचेतनाका कार्यक्रम लग्दा सवै सरोकारवालहरुसंग सहयोगका अवश्यकता रहेको औंल्याउनुभयो ।

बर्दियाका प्रहरी प्रमुख केदार रजौरेले मानब बेचबिखन बिरुद्ध, महिला हिंसा तथा अन्य हिंसा रोक्न जिल्लाका पालिकाहरु समुहहरु निर्माण गरी न्युनिकरणका लागी अभियान चलाउनुपर्ने बताउनुभयो । माइती नेपाल बर्दियाले अयोजना गरेको बालबालिकाहरुको व्यवसायिक यौनशोषण विरुद्ध सम्बन्धित सरोकारवाला निकायसंगको परामर्श तथा छलफल कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत, गुलरीया नगरपालिकाका वडा न-६ का वडा अध्यक्ष निरज शर्मा, पत्रकार महासंघका बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, नेपाल बार एशोसीयनका अध्यक्ष काशीराम चौधरी, सचिव लक्ष्मी नेपाल, शिक्षक, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण भने माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले गर्नु भएको थियो ।

Previous articleढकाल रेडक्रसको उपमहामन्त्रीमा चयन
Next article२ नम्बर वडा कार्यालय भवनको शिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here